बैँक / वित्त

कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि बैंकिङ सेवा बन्द

rbb

२० भदौ, सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ ।

प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए ।

“सङ्क्रमित कर्मचारी आइसोलेसन बस्नुभएको छ”, उनले भने, “कार्यालय सानिटाइज गरेका छौँ, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौँ ।” शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ ।

यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अदालत एक साताका लागि सिल गरिएको थियो । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयको सुरक्षार्थ खटिएका प्रहरीसहित चालक र कार्यालय सहयोगीमा पनि सङ्क्रमण देखिएको थियो । मन्त्रालयले बिहीबारदेखि अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु बन्द गर्नाका साथै मन्त्रालयका सबै कर्मचारी होम क्वारेन्टिनमा बसेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस