३० भदौ, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको ललितपुरको जावलाखेलदेखि काठमाडौंको माइतीघर मण्डलसम्म मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् ।
साथै नाइ श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने, नाई श्रमिकहरुलाई निःशुल्क पीपीई सेट दिनुपर्ने, नाई श्रमिकहरुको ५० लाख बराबरको जीवन बीमा गरिदिनुपर्ने लगायतका मागसमेत संघर्ष समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस