राजनीति

कोरोना परीक्षणको व्यवस्थासहित काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

Congress

५ असोज, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न असोज १९ गते दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ ।

बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ ।

केन्द्रीय कार्यालयले कोरोना परीक्षणका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस