बलिउड / हलिउड

बलिउड अभिनेता विवेक ओबरायको घरमा प्रहरीको छापा, आखिर किन ?

vivek oberoi

३० असोज, काठमाडौं । बलिउड अभिनेता विवेक ओरायको घरमा ब्यांग्लोरु बेंगलुरु प्रहरीले छापा मारेको छ । ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

भारतीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै आदित्य अल्वा फरार भएको बताएको  छ । प्रहरीले भनेको छ, ‘विवेक ओबरोय उनका आफन्त हुन् र हामीले आल्वासम्बन्धि केही जानकारी पाएका छौं । हामी यो मामिलामा अनुसन्धान गर्न चाहन्थ्यौं त्यसैले अदालतको वारेन्ट लिएर क्राइम ब्रान्चको टीम मुम्बईमा उनको घर गएको हो ।’

बेंगलुरुमा आदित्या आल्वाको घरमा पनि अनुसन्धान गरिएको छ । छापामारीको क्रममा बेंगलुरु पुलिसका दुई इन्सपेक्टर बिहिबार दिउँसो करिब एक बजे विवेक ओबरोयको घर पुगेको थियो । विवेक ओबरोयका सालो आदित्य आल्वा कर्नाटकका पूर्वमन्त्री जिवराज अल्वाका छोरा हुन् । आदित्य अल्वामाथि कन्नड फिल्म इन्डष्ट्रिलाई कथित रुपमा ड्रग सप्लाई गरेको आरोप छ । कन्नड फिल्म इन्डष्ट्रिलाई स्यान्डलवुडको नामले पनि चिनिन्छ ।

यो मामिलामा कन्नड कलाकार रागिनी द्विवेदी र संजना गलरानीसमेत १५ आरोपीलाई पक्राउ गरिसकिएको छ । अन्य आरोपीमा रेव पार्टीका आयोजक विरेन खन्ना र रियाल्टर राहुल थोंस पनि समावेश छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस