१२ कात्तिक, काठमाडौं । असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन–नेपाल तातोपानी नाका आजदेखि पुनः खुल्ने भएको छ ।
यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो ।
लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस