समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

covid 19 dead

१६ असोज, बुटवल । बुटवलको कोरोनाविशेष अस्पतालमा थप एक जना कोरोनासंक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोनाविशेष अस्पतालमा गत राति मृत्यु भएको हो ।

होम आइसोलेनमा बसेका ती पुरुषलाई स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना थिए । उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै गत राति मृत्यु भएको डा. गौतमले बताए । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस