२४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हल्का जोरो मशसुस भएपछि परिक्षण गराउँदा संक्रमण पुष्टी भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । अहिले पनि जोरो आइरहेको र अरु लक्षण नदेखिएको उनले बताएका छन् ।
उनले पछिल्ला दिनमा आफुसँग सम्पर्कमा आएकालाई सतर्क रहन सुझाब दिएका छन् ।
https://www.facebook.com/yogeshbhattarai.ncp/posts/3662961613716055
प्रतिक्रिया दिनुहोस