समाचार

जनकपुरधाम उपमहानगरका प्रमुखविरुद्ध मुद्दा दर्ता

Lal Kishor shah

१६ कात्तिक, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरिएकाे छ ।

गत पुस २२ गते नगरप्रमुखकै कार्यकक्षमा पत्रकारहरु कुटिएको विषयलाई लिएर तीन जना पत्रकारले संयुक्त रुपमा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएका हुन् ।

कान्तिपुर टिभीका सम्वाददाता समेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीकै अमरकान्त ठाकुर र एपी वन टिभीका विकास साहले संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहविरुद्ध धनुषा जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

जनकपुरधाम नगरको विकासमा भ्रष्टाचार मौलाएको,  विकास निर्माण कार्य अपारदर्शीरुपमा भइरहेको, जानकी मन्दिरको फुलवारी भित्ता अतिक्रमण गर्नमा प्रमुख साहले ८५ लाख रुपैयाँ घुस लिएको भन्ने आरोप केहि वडा अध्यक्षहरुले नै लगाएका थिए । सोही सन्दर्भमा नगर प्रमुख साहसँग उनको प्रतिक्रिया लिन पत्रकारहरु पुगेका थिए ।

तर आधा दर्जन पत्रकारहरुलाई नगरप्रमुख साहले आफ्नै कार्यकक्षमा गाली बेइज्जती र दुव्यर्वहारसहित कुटपिट गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस