समाचार

राजनीतिक दलहरूमा लोकतान्त्रिक अभ्यास हुन सकेको छैन : सभामुख

agni sapkota

१२ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूमा लोकतन्त्रको कमी रहेको बताएका छन् । उनले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको पनि कमी रहेको बताए ।

शुक्रबार संघीय संसद र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमुखी विधेयक निर्माणमा विज्ञताको कमी अनुभत भएको बताएका हुन् । प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनु पर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै कानुन बनाउन आवश्यक छ । त्यसका लागि दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञको कमी छ । सांसदमा पनि त्याे विज्ञताकाे कमी देखिन्छ । त्यसकारण यसमा ध्यान दिनुपर्छ । पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभूति भएको छैन । पार्टीबाट सांसदहरूलाई राम्रो प्रशिक्षण भएको छैन ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस