समाचार

अनैतिक सम्बन्धपछि हत्या, दुई जना पक्राउ

Death Body

६ पुस, लमजुङ । सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् ।

बुधवार ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले अनुसन्धान गर्न पुगेको थियो । अनुसन्धानको क्रममा सागर र मृतक महिलाबीच अनैतिक सम्बन्ध रहेकोमा उनी गर्भवति छिन भन्ने हल्ला सुनेपछी आफूलाई अप्ठेरो पर्छ भनी बिकाशको समेत सहयोग लिई हत्या गरेको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस