समाचार

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने

gopi neupane

२१ पुस, काठमाडौं । नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उदयपुर सिमेन्टमा रिक्त रहेको महाप्रबन्धकका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्धारा गठित छनोट समितिले न्यौपाने सहित काठमाडौंका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।महाप्रबन्धकमा नियुक्ति पाएका न्यौपाने एक सफल व्यवसायी हुनुका साथै नेपाल व्यवसायिक पहल (एनबीआई) का सचिव समेत हुन् ।

उनीसँगै महाप्रवन्धकका लागि सिफारिस गरिएका अन्य दुई व्यक्तित्वहरुमा देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रबन्धकबाट रिटायर्ड भएका व्यक्ति हुन भने अर्याल विभिन्न गैरसरकारी संस्थामा काम गरेका व्यक्ति हुन् । महाप्रबन्धकको पदमा नियुक्तिका लागि मिति २०७७ भदौ १ मा सूचना प्रकाशित गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस