२३ पुस, काठमाडौं । बुधबार राति भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना विजयी भएको छ । कप्तान लियोनेल मेस्सीको दुई र पेड्रीको एक गोलको मद्दतमा बार्सिलोनाले एथलेटिक बिल्वाओलाई हराउँदै विजयी भएको हो ।
सान ममेस स्टेडियममा भएको खेलमा सुरुवातमा एक गोलले पछि परेको बार्सिलोना घरेलु टोली बिल्वाओमाथि ३–२ को जीत निकालेको हो । खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । तर १४ औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेल बराबरीमा पुग्यो ।
३८ औं र ६२ औं मिनेटमा मेस्सीले दोस्रो र तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । मेस्सीले दुई गोल गरेसँगै ३-१ गोल अन्तरले अग्रता लिएको बार्सिलोनामाथि बिल्बाओका इकेर मुनिऐनलले खेलको अन्तिम मिनेटमा अर्को गोल गरेका थिए । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना मात्रै बन्यो ।
यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।