फुटबल

ग्रानडामाथि बार्सिलोनाकाे सानदार जित, मेस्सी र ग्रिजमनले गरे २/२ गाेल

FCB Win

२६ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । गएाति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० गोल अन्तरले पराजित गरको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २-२ गोल गरे । खेलको ७२औ मिनेटमा ग्रानडाका जिसस भालेजोले रातोकार्ड पाएर मैदान छोड्दा ग्रानडा १० खेलाडीमा सिमित भएको थियो । यस खेलमा दुई गोल गरेसँगै मेसीले यो सिजनमा ११ गोल गरेका छन्। साथै मेसी ला लिगामा लगातार १५ सिजनसम्म १० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १८ खेलमा ३४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी छ तर एटलेटिकोले ३ खेल कम खेलेको छ । त्यस्तै ग्रानडाको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिडलाई ओसाउनाले गोलरहित बराबरीमा रोकेको छ भने सेभिल्लाले रियल सोडिडाडलाई ३-२ ले हरायो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस