२६ पुस, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणको कारण देशभर थप ५ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ९१७ पुगेको छ ।
त्यस्तै, आइतबार देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस