७ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको हो । योसहित नेपालका कोरोना संक्रमणकाे कारण मृत्यु हुनेकाे संख्या १९ सय ७५ पुगेको छ ।
त्यस्तै, बुधबार देशभर थप ३१८ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस