२३ फागुन, पोखरा । पोखरा स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइताबार बिहान पोखरा ७ बुलौदीमा स्कूल बसको ठक्कर दिँदा ग ५ प ८३६४ नम्बरको स्कुटरका चालक ४७ बर्षिय जितबहादुर राईको मृत्यु भएको हो ।
स्कूल बसको ठक्करबाट धनकुटा सहिद भूमि गाउँपालिका घर भई हाल पोखरा ६ लेकसाइड बस्दै आएका जितबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस