१३ चैत, सुर्खेत । रुकुम पश्चिमको बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१० गारावाङमा आगो निभाउने क्रममा ४५ वर्षीया सर्केनी दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन खोज्दा जलेकी सर्केनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँलेसँगै आगो निभाउन खटिएकी सर्केनीलाई आगोले भेटेको थियो । त्यस्तै स्थानीय गगन जैसीको गोठ जलेर नष्ट भएको छ ।
बिहीबार वडाको राजीखेत भन्ने ठाउँबाट सुरु भएको आगो आधा दर्जनभन्दा बढी जंगलमा फैलिएको स्थानीयबासीले बताएका छन् । आगो नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रयास जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस