५ बैशाख, काठमाडौं । काठमाडौंदेखि दैलेख जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गतको गुराँस गाउँपालिकास्थित गाईबान्नामा दुर्घटना भएको हो ।
बस दुर्घटनामा ७ जना गम्भिर घाइते भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस