समाचार

कोरोना संक्रमितको उपचारमा बढी शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

Health Ministry

२२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।

मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

संकटमा एक अर्कालाई सेवा भावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने र समस्या बढाउने कार्य भएका गुनासा सुनिएको भन्दै त्यसतर्फ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको समेत  जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस