२१ जेठ, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर गालीगलौज तथा श्रव्यदृश्य समग्री प्रकाशन–प्रशारण गर्ने वेइबसाइट बन्द गर्ने चेतावनी दिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले अनाधिकृत वेबसाइट बन्द गर्ने चेतावनी दिएका हुन् ।
“गैर कानुनी रूपमा अनावश्यक डोमिन प्रयोग गरी राष्ट्रप्रमुखप्रति लक्षित गालीगलौज एवम् श्रव्यदृश्य समाग्री प्रशारण भइरहेको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । ती सामाग्रीहरूलाई प्रेस काउन्सिलबाट नियमित अनुगमन गरी दूरसञ्चार प्राधिकरणमार्फत् अनाधिकृत वेबसाइट बन्द गर्न सकिने व्यहोरा अनुरोध गर्दछु,” उनले सरकारको निर्णय सार्वजनिक गर्दै भने ।
प्रतिक्रिया दिनुहोस