८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् ।
नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । हालसम्म ८ हजार ८१३ जनाले कारोनाबाट मृत्यु भइसकेको छ । नेपालमा कारोनाबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस