देश

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

accident UPDhwBMd6M1690543699 1024

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर १३,बिहिबार ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका(२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको डिएसपी भण्डारीले बताए।

उनका अनुसार सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे गढी गाउँपालिका २ धवाडीपुलमा सडकबाट अनियन्त्रित भई १०र१२ मिटर तल खसेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस