खेलकुद समाचार

मकवानपुर को थाहामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु

cff18d63 00d7 4d45 8b75 756675245dfb

एनएमबि न्युज डेक्स,काठमाडौँ
माघ ११ बिहीबार

मकवानपुर को थाहा नगरपालिका मा वडा स्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको हो।

 

b4477e69 ba9b 4522 bb40 25e8540e019eबुधबार वडा नम्बर ३ र ६ बिच भएको उद्घाटन खेलमा वडा नम्वर ३ विजयी भएको छ । वडा नम्वर ३ ले वडा नम्बर ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्वर ३ विजयी भएको हो । तेस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा न १ ले वडा न २ लाई २–० गोल अन्तरले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा वडा नम्वर १२ ले वडा नम्बर ९ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नम्वर १२ विजयी भएको हो  बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यावसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछाने, थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, वडा न ९ का अध्यक्ष राजकुमार बलामी, वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा न ७ का अध्यक्ष शिवराज थिङ, थाहा नगर खेलकुद विकास समिति सदस्य यादव जंग रायमाझी, सदस्य सचिब अनिल लामिछाने लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव जंग रायमाझीले बताउनुभयो । माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम टिमलाई नगद १ लाख र दोश्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिनुभयो । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको ।

 

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस