समाचार

बिछोडको पिडा मायाको मूल्य—

WhatsApp Image 2025 12 18 at 9.57.08 AM

माया आखिर माया नै रहेछ । सौराहाको जंगल र बस्तीमा हुर्किरहेका दुई हात्ती आज कतारको यात्रामा छन् । यो यात्रा केवल भौगोलिक दूरीको होइन्, भावनात्मक सम्बन्धको चिरा पार्ने यात्रा समेत हो । हात्तीसँगै तिनका हेरालु बुद्धिलाल र पाँचु पनि कतार पुगेका छन्, तर उनीहरुको मन भने अझै सौराहामै अड्किएको छ ।
चार वर्षदेखि रुद्रकली हात्तीको स्याहार गर्दै आएका बुद्धिलालका लागि यो विछोड सामान्य रोजगारीको फेरबदल मात्र होइन् । “आइजा” भन्यो भने नजिक आउने र “नगर” भन्यो भने रोकिने हात्ती उनका लागि जनावर भन्दा धेरै माथी थियो—परिवारकै सदस्य जस्तो । शब्द र संकेतबाट बनेको यो सम्बन्ध पैसाले किनिने सम्झौता होइन, समय, धैर्य र माया बाट सिञ्चित बन्धन हो ।
आज भने त्यो सम्बन्ध सम्झनामा सीमित हुँदैछ । हात्ती त कतार पुग्लान, सायद नयाँ परिवेशमा । नयाँ तालिम र नयाँ जीवन पनि पाँउलान्, तर प्रश्न उस्तै रहन्छ—के हामी विकास र व्यापारका नाममा यस्ता भावनात्मक सम्बन्धको मूल्य चुकाउन तयार छौं ? जनावरलाई केवल “सामान” र हेरालुलाई केवल “कामदार”को रुपमा हेर्नै दृष्टिकोणले मानवता नै कमजोर बनाइरहेको छैन ?
यो घटना हात्तीको स्थानान्तरणको समाचार मात्र होइन । यो माया, जिम्मेवारी र संवेदनशीलता माथी उठेको प्रश्न हो । आज सौराहाबाट टाढिँदै गरेका हात्तीहरु केवल भौतिक रुपमा मात्र होइन, एक हेरालुको मनबाट पनि छुट्टिँदै छन् । कहिलेकाही, यही मौन बिछोडहरुले हामीलाई सम्झाउँछन् —विकासको बाटोमा हिँड्दा माया र मानवताको मूल्य भुलिनु हुदैँन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस