समाचार

जेन—जी र बालेनको भेटः नयाँ राजनीतिक संकेत—

WhatsApp Image 2025 12 26 at 9.50.56 AM

देशको राजनीतिक परिदृश्य निरन्तर अस्थिरता, असन्तुष्टि र विकल्पको खोजीमा अल्झिरहेको बेला जेन—जीका अगुवाहरुले काठमाण्डौं महानगरका मेयर बालेन शाहसँग गरेको भेटवार्ता सामान्य संवादका रुपमा मात्र हेर्न मिल्दैन । यो भेट वर्तमान राजनीतिक अवस्थाप्रति युवापस्ताको असन्तोष र आगामी चुनाव प्रतिको गहिरो चासोको प्रत्यक्ष अभिव्यक्ति हो । परम्परागत दलहरुको कार्यशैली नेतृत्वको दोहोरोपन र परिणाम विहिन राजनीतिक अभ्यासले आजको युवा पुस्तालाई निराश बनाएको यथार्थ लुकाउन सकिँदैन । यही पृष्ठभूमिमा बालेनसँग भएको भेटले “वैकल्पित राजनीति” को बहसलाई पुनः सतहमा ल्याउने छ । सत्ताको स्वाद भन्दा नीति, इमान्दारिता र कार्य सम्पादनलाई प्राथमिकता दिनुपर्ने सन्देश यस संवादको मूल भाव देखिन्छ ।
जेन—जी पुस्ता अब केवल सामाजिक सन्जालमा असन्तुष्टि पोख्ने तहमा सीमित छैन उनीहरु प्रत्यक्ष संवाद, विचार आदान—प्रदान र सम्भावित राजनीतिक हस्तक्षेपतर्फ उन्मुख देखिन थालेका छन् । बालेनजस्ता स्थापित तर परम्परागत राजनीतिभन्दा फरक पहिचान बनाएका व्यक्तिसँगको भेट यसैको संकेत हो ।
यद्यपि यस भेटबाट कुनै औपचारिक राजनीतिक गठबन्धन वा चुनावी रणनीति सार्वजनिक भएको छैन,तर यसले एउटा गम्भीर प्रश्न उठाएको छ—के अब नेपाली राजनीतिमा पुस्तान्तरणको समय आएको हो ? कि यो पनि केही समयपछि हराएने अर्को “हाइप” मात्र हुनेछ ?
उत्तर भविष्यले दिनेछ । तर यति भने स्पष्ट छ, राजनीतिप्रति निराश देखिएको युवा पुस्ता अब मौन बस्ने अवस्थामा छैन । उनीहरु प्रश्न गरिरहेका छन्, विकल्प खोजिरहेका छन् र सम्भवतः नयाँ राननीतिक यात्राको ढोका ढकढक्याइरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *