समाचार

नदीले बगाएको बस, राज्यले बगाएको जिम्मेवारी –

WhatsApp Image 2026 01 27 at 12.29.11 PM

तनहुँको आँबुखैरेनी–५, दोन्द्राङ बेँसी नजिक त्रिशूली नदी किनारमा डेढ वर्षअघि सिमलताल पहिरोसँगै बेपत्ता भएको गणपति डिलक्स बससँग सम्बन्धित मानव कंकाल फेला पर्नु, दुःखद घटनाको पुनः स्मरण मात्र होइन, राज्यको खोज, उद्धार र अनुसन्धान प्रणालीमाथि गम्भीर प्रश्न पनि हो।
प्रहरीका अनुसार बसको करिब ४० प्रतिशत भाग खन्ने क्रममा कम्मरभन्दा माथिको मानव कंकाल फेला परेको छ र पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। तर डेढ वर्षपछि मात्र यस्ता अवशेष भेटिनु भनेको दुर्घटनापछि गरिएको खोजी कति अपूरो र सतही थियो भन्ने स्पष्ट प्रमाण हो।
सिमलताल पहिरो कुनै साधारण दुर्घटना थिएन। यात्रु बोकेको बस एकाएक बेपत्ता हुनु राष्ट्रिय स्तरको आपत्कालीन विषय हुनुपर्ने थियो। तर प्रारम्भिक केही दिनको चर्चा र औपचारिक खोजीपछि राज्य चुप लाग्यो, पीडित परिवारहरू आफ्नै पीडासँग एक्लिए। समयसँगै घटना समाचारबाट हरायो, तर पीडितको प्रतीक्षा कहिल्यै सकिएन।
आज भेटिएको कंकालले केही परिवारलाई पहिचानको आशा त दिएको छ, तर यसले उनीहरूको वेदना कम गर्दैन। बरु, समयमै प्रभावकारी खोजी, वैज्ञानिक अनुसन्धान र निरन्तर निगरानी भएको भए सायद यति लामो अनिश्चितता भोग्नुपर्ने थिएन।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस