गुल्मी जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न फागुन १६ गतेदेखि २१ गतेसम्म मदिरा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
निर्वाचनको समयमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्दै मतदातालाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो। तोकिएको अवधिमा रक्सी बिक्री, वितरण तथा सेवनसम्बन्धी सार्वजनिक गतिविधि निषेध गरिने जनाइएको छ।
प्रशासनले सबै व्यवसायी तथा सर्वसाधारणलाई निर्णयको पालना गर्न आग्रह गरेको छ भने उल्लंघन गरे कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस