२९ असोज, काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर रहेको छ ।
बुधवार ९४ हजार ५ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाल सुन बिहीवार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै बिहीवार आज चाँदी प्रति तोला ५ रुपयाँले घटेर १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस