राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

Nekapa Sachabalaiya Meeting

२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजेलाई बालुवाटारमा बैठक बोलाएका हुन् ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन् । नेकपाको विधानमा दुई अध्यक्षको समन्वयमा महासचिवले बैठक बोलाउने व्यवस्था छ ।

तर दुई अध्यक्षबीच तत्कालै बैठक राख्ने विषयमा विवाद भएपछि अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले बैठकका लागि सहमति जनाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए ।

ओलीले आनाकानी गर्दै आएपछि प्रचण्डले हिजै बहुमत सदस्यको बैठक राख्ने तयारी समेत गरेका थिए । सहमतिमै बैठक बस्ने भएपछि प्रचण्डले बोलाएको बैठक रोकिएको थियो ।

आज बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवाद र सरकारका काम कारवाहीमा केन्द्रित हुने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस