स्वास्थ्य

लसुन र मह मिसाएर खाँदा शरीरमा पुग्छन् यी फाइदा

lasun maha

२३ मंसिर, काठमाडौं । जाडोयाम सुरु भएसँगै रुघा–खोकी लाग्नु सामान्य हो त्यसैले त चिसो मौसममा शरीर तातो बनाउनका लागि मह सेवन गर्न धेरैले सुझाउँछन् ।

यस्तै आयुर्वेदलाई मान्ने हो भने मह र लसुनको मिश्रणले चिसो मौसममा तपाईंको शरीरमा गर्मी पैदा गर्नुकासाथै यसका विभिन्न फाइदा पनि छन् जसले तपाईंलाई यो मौसममा थुप्रै रोगबाट बचाउन सक्छ ।

आउनुहोस् मह र लसुन मिसाएर खाँदा शरीरलाई पुग्ने फाइदाहरु:

– मह र लसुनको मिश्रणको सेवन गर्दा प्रतिरोधी क्षमता वृद्धि हुन्छ र रुघा–खोकीबाट पनि छुटकारा पाइन्छ ।

– चिसो मौसममा धेरैजसो जोर्नी दुख्ने समस्या हुन्छ । यस्तोमा यदि तपाईं पनि यो मिश्रणको सेवन गर्न सुरु गर्नुहुन्छ भने यसले समस्याबाट राहत प्रदान गर्छ ।

– मह र लसुनमा पाइने फाइबर कब्जियतको समस्यालाई टाढा राख्न सहयोग गर्छ ।

– यदि तपाईं जाडोयाममा थाकेको महसुस गर्नुहुन्छ भने मह र लसुनको मिश्रणको सेवनले कमजोरी हट्न सक्छ र शरीरमा ऊर्जा संचारित हुन्छ ।

– छाला रुखो हुने समस्याका कारण उदास नहुनुहोस् किनभने लसुन र महमा पाइने एन्टिअक्सिडेन्डले छालाको तन्तुलाई पुनः सक्रिय गर्छ र यसले अनुहारको चमक ल्याउने काम गर्छ । साथै डण्डीफोर पनि आउँदैन ।

– मह र लसुनलाई मिसाएर खाँदा कोलेस्ट्रोल कम हुन्छ जसले मुटुरोग पनि टाढा राख्छ । यतिमात्रै होइन, मुटुलाई स्वस्थ राख्नका लागि खाली पेटमा लसुनको दाना खाने सल्लाह दिइन्छ ।

– तौल कम गर्न पनि मह र लसुनको मिश्रणले निकै सहयोग गर्छ । यो खाँदा फ्याट बर्निङ प्रोसेस तीब्र हुन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस