२९ साउन, काठमाडौं । प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई बाराबाट पक्राउ गरेको छ । अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।
गत साउन १३ गते प्रहरीले कमलादीमा फेला पारेको १५ किलो नक्कली सुन प्रकरणमा हुसेनलाई प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको हो । युनुस अन्सारीसंग साझेदारी गरेका हुसेन २०७२ जेठ ३० गते भारतीय नक्कली नोटको कारोबारमा ललितपुरबाट पक्राउ परेका थिए ।
जिल्ला अदालत ललिपुरले जाली नोट कारोबारमा दोषी ठहर गर्दै २०६७ जेठमा तीन वर्ष कैद र २ करोड ६१ लाख रुपैंया विगो जरिवाना गराएको थियो ।
प्रतिक्रिया दिनुहोस