२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको विरोध सभाका लागि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएका छन् ।
राजधानीका ५ स्थान (माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमल) बाट शुरू भएका जुलुसहरू सभास्थल भृकुटीमण्डपतर्फ अघि बढेका हुन् । यसैक्रममा ललितपुरको पुल्चोकबाट पनि जुलुस भृकुटीमण्डपतर्फ अघि बढेको छ ।
ललितपुरको जुलुसलाई नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्यहरू पम्फा भुसाल, रघुजी पन्तलगायतले नेतृत्व गरेका छन् ।



प्रतिक्रिया दिनुहोस