मरेको कुखुराको मासु बिक्री गर्ने पसललाई विभागले कारवाही गर्‍यो, ३ लाख जरिवाना

२ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मासु बिक्री गरेको भन्दै बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही ऐनको दफा ३८(ङ) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेबापत दफा ३९(१)ख बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

काठमाडौं नगरपालिका ३१ मा संचालित उक्त फर्मलाई विभागको दैनिक बजार अनुगमनका क्रममा अनुचित व्यवसाय गरेका आधारमा अन द स्पोर्ट कारबाही भएको हो । कारबाहीमा परेको उक्त फर्ममा संचालक बाबुराम अधिकारी रहेका छन् ।

सम्बन्धित समाचार

एनएमबि न्यूज