६ भदौ, वीरगञ्ज । कोरोना संक्रमणको कारण पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको मृत्यु भएको छ । हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु भएका पर्सा बहुदरमाई नगरपालिका ६१ वर्षीय पुरुष शनिबार बिहान ७ बजे र वीरगञ्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष शुक्रबार राति ८ बजे मृत्यु भएको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन् ।
अस्पतालका अनुसार ५४ वर्षीय पुरुष भदौ ५ गते श्वासप्रश्वासको समस्या लिएर आइसोलेसनमा भर्ना भएका थिए । उनी मिर्गौलाका बिरामी थिए ।
त्यस्तै ६१ वर्षीय पुरुष भदौ ४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी दम, मुटु रोग र उच्च रक्तचापका बिरामी थिए । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस