६ चैत, काठमाडौं । काठमाडौंको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक कुमार सिंहका अनुसार अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको हो ।
मृत फेला परेका दुवै जनाको मुखबाट फिँज निस्किएको पाइएको भनेर स्थानीय प्रहरीले खबर गरेको एसएसपी सिंहले जानकारी दिए ।
घटनाका विषयमा विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंबाट एसपी रमेशकुमार बस्नेत नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।
प्रतिक्रिया दिनुहोस