७ भदौ, काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला ९८ हजार ८ सय रूपैयामा कारोबार भएको सुनको मूल्य आइतबारका लागि ९८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको मूल्य भने तोलाको २५ रुपैयाँ घटेर एक हजार ३४५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस