रुपन्देहीमा महिलाको शव फेला

२५ असोज, रुपन्देही । रुपन्देहीको  कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ ।

सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी  २७ वर्षीया महिलाको शव फेला परेको हो ।

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान  कार्यभई रहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज