समाचार

विश्वका १७ देशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको मृत्यु

covid 19 dead body

४ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

योसँगै हालसम्म विदेशका विभिन्न  १७ देशमा  संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए  ।

कोरोनाका कारण  हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस