Advertisement

जुम्लामा अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

४ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो ।

डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसन बसेका छन् । यो उनको १९ औं अनसन हो । स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई शनिबार राति प्रहरीले बलपूर्वक अस्पताल पुर्‍याएको छ ।

पछिल्लो समय डाक्टर केसीले कोरोना भाइरसका संक्रमित पहिचानका लागि पीसीआर परीक्षण व्यापक बनाउनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, नि:शुल्क, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनु पर्नेलगायतका माग राखेर अनसन बसेका हुन् ।