७ असोज, काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको छ ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिन सहमति दिएको हो ।
यो बिमा साउन १ गतेदेखि कोभिड महामारीको अवधिभर लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस