समाचार

काठमाडौं उपत्यकामा थपिए १६७ जना कोरोना संक्रमित

kathmandu valley

१७ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, शुक्रबार नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या १८६४ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस