२५ वैशाख, नयाँ दिल्ली । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले ड्रग २-डीआँकसी-डी ग्लुकोज (२-डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
कोरोना संक्रमितका लागि यो वैकल्पिक उपचार हुनेछ । यो औषधि प्रयोग गरिएका संक्रमितको आरटी–पीसीआर रिपोर्ट चाँडो नेगेटिभ आएको थियो । यो औषधिले संक्रमणको बृद्धि रोकेर संक्रमितलाई चाँडो निको हुन मद्दत गर्ने दाबी गरिएको छ ।
२–डिजी लाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) को ल्याब इन्सिटिच्यूट अफ न्यूक्लियर मेडिसिनले डा. रेड्डीज ल्याबरेटोरीको मद्दतले तयार गरेको हो । सुरुवाती परीक्षणमा यसको प्रयोगले संक्रमितमा अक्सिजनको लेभलमा सुधार हुने पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
'