७ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमणको ग्राफ क्रमशः कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार संक्रमित भेटिएका छन् जबकी ३ लाख ५७ हजार बिरामी निको पनि भएका छन् ।
यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको आँकडा एकपटक पुनः चार हजार पार भएको छ । बिहिबार ४,२०८ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख २ हजारको कमी आएको छ ।
बिहिबार कोरोनाका नयाँ संक्रमितको आँकडा २४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि १६ अप्रिलमा २ लाख ३४ हजार नयाँ संक्रमित भेटिएका थिए । लगातार ८ दिनदेखि नयाँ संक्रमितको तुलनामा निको हुने संक्रमितमा कमी आइरहेको छ ।
यसका कारण उपचार गराइरहेका बिरामीको संख्यामा लगातार कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै ३७ लाख ४१ हजार सक्रिय संक्रमितको संख्या ९ मेमा थियो । ११ दिनमा यो घटेर ३० लाख २२ हजार भएको छ ।
'