दाङको राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा

एनएम बि न्युज डेक्स, काठमाण्डौ
भदौ १४, २०८० बिहिबार

दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने छ ।

निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक, ुकु र ुखु वर्गका अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षीलाई सहज हुने भएको छ ।

पहिले पनि गर्भवती र सुत्केरीलाई निःशुल्क सेवा प्रदान गर्दै आएकामा अबदेखि ज्येष्ठ नागरिकलाई निस्शुल्क एम्बुलेन्स सेवा दिन लागिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले सहयोगापेक्षीलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क पुर्‍याउने छ ।

Anuj