मुख्य समाचार

मुगुमा ठूलो आगलागी आठ घर जलेर नष्ट

aaglagi mugu gamgadhi a1R7S9rsvt

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
आश्विन–६ सनिवार ।

मुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ ।

गएराति १२ बजे एउटा कम्युटर पसलबाट सल्किएको आगो बजारमा फैलिएको मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पीआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएको हो।

बजारमा अधिकांश घर काठले बनेका कारण पनि छिटो आगो सल्किएको डीएसपी थापाले बताए। आगलागी नियन्त्रणमा समस्या भएपछि जंग शाहीको घर समेत भत्काइएको थियो। करिब पाँच घण्टापछि नेपाल प्रहरी, रेडक्रस नेपाल र समुदायको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीपछि घरमाथिबाट हाम फाल्ने क्रममा एक महिला घाइते भएकी छिन्। उनको उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए। आगलागीबाट भएको क्षतिकोपूर्ण विवरण आई नसकेको प्रहरीले जनाएको छ।

यसअघि २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस