हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२०,सनिवार ।
नेपालबाट दैनिक सरदर चार हजार ७५४ जना नेपाली विदेशिने गरेको तथ्यांक सार्वजनिक भएको छ। २०८१ को मंसिरसम्म करिब ११ लाख नेपाली विदेशिएका हुन्। नेपालबाट विभिन्न प्रयोजनमा विदेशिनेहरूको यो लर्को आउने भन्दा बढी रहेको छ।
८ महिनामा ११ लाख ४१ हजार ९१ जना रहेका छ भने आउने संख्या ९ लाख ४१ हजार ९४१ जना रहेका छन्। दैनिक ३ हजार ९२४ जना स्वदेश फर्किने गरेका छन्। यसरी हेर्दा आउने र जाने बीचको अन्तर एक लाख ९९ हजार १५० छ।
अध्यागमन विभागका सूचना अधिकारी धर्मराज जोशीका अनुसार सबैभन्दा धेरै असोज नेपाल फर्किएका छन्। त्यो महिना करिब १ लाख ६४ हजार १७ जना नेपाली विभिन्न नेपाल भित्रिँदा जेठमा करिब १ लाख ६९ हजार २२३ जना विदेशिएका छन्।
विभागका अनुसार रोजगार, घुमफिर, व्यवसाय प्रयोजन तथा आफन्त भेटघाटमा विदेशिने लर्को बढेको छ। यीमध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारमा जानेहरू रहेको उल्लेख छ।
विभागले दिएको जानकारी अनुसार मंसिरमा १ लाख ३८ हजार ८३९ , कार्तिकमा १ लाख ३२ हजार ११३, असोजमा १ लाख ४७ हजार ५७१ , भदौमा १ लाख ४६ हजार ३९७, साउनमा १ लाख ४० हजार १७ , असारमा १ लाख ४० हजार ८९८, जेठमा १ लाख २८ हजार २३ वैशाखमा १ लाख ६७ हजार २३३ गरी करिब ११ लाख ४१ हजार ९१ जना विदेशिएका छन्। जसमा पुरूषको संख्या ८ लाख १२ हजार ८९९ रहेको छ।
महिलाको संख्या २ लाख ४८ हजार २२३ जना रहेको छ भने अन्यको संख्या ११६ जना रहेका छन्। त्यस्तै, मंसिरमा १,१३,३५९ कार्तिकमा १ लाख १० हजार ८४१, असोजमा १ लाख ६४ हजार १७ , भदौमा १,३८,८३८, साउनमा १ लाख ३ हजार ६७९, असारमा १ लाख ९ हजार ७१३, जेठमा १ लाख ५०१ वैशाखमा १ लाख ९९३ गरी ९ लाख ४१ हजार ९ सय ४१ जना स्वदेश फर्किएका छन्।
जसमा पुरूषको संख्या ६ लाख ९३ हजार ६०२ रहेको छ भने महिलाको संख्या ३ लाख २८ हजार १०२ जना रहेको छ भने अन्यको संख्या ९० जना छन्।
सन् २०२३ मा विभिन्न प्रयोजनका लागि १६ लाख बढी नेपालीमा विदेशिएका थिए। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा कुल १६ लाख ३ हजार ८३६ नेपाली विदेशिएका थिए। जसमा ११ लाख ७१ हजार १८६ जना पुरुष र ४ लाख ३२ हजार ५८४ जना महिला थिए।
यता वैदेशिक रोजगार विभागले सन् २०२४ मा मात्र ३ लाख ५४ हजार ८१ जनाले श्रम स्वीकृति लिएको जनाएको छ। यसमा ३ लाख १८ हजार ९६८ पुरूषले श्रम स्वीकृति लिएका छन् भने ३५ हजार ११३ महिला छन्। गत पुसमा २६,७२३, माघमा ३० हजार ७८६, फागुनमा ३१,८९८, चैतमा ३३ हजार ३६९, वैशाखमा ३६ हजार ७, जेठमा ३६ हजार ७, असारमा २६ हजार ९८५, साउनमा २५ हजार ५०७, भदौमा २५ हजार ५०७, असोजमा २४ हजार ३९१, कार्तिकमा २३ हजार ५५६, मंसिरमा २८हजार ८६८ जना रहेको विभागका सूचना अधिकारी गुरूदत्त सुवेदीले थाहाखबरलाई जानकारी दिए।
बढ्दो पलायनले देश निर्माणमा, अर्थतन्त्रमा, रोजगारी सिर्जना र अवसरहरूको सदुपयोगमा ठूलो नकारात्मक असर पारेको छ। नेपालमा युवाहरूको बढ्दो पलायनको तथ्यांकले देशको युवा शक्ति रित्तिने संकेत स्पष्ट रहेको छ। यसले गाउँ वा देश मात्र रित्तिरहेको छैन। यसले हाम्रा सामाजिक मूल्य र मान्यताहरू, सांस्कृतिक संरचनाहरू कतै न कतै कमजोर बनिरहेको प्रष्ट छ।
विभागका सुचना अधिकारी सुवेदीले वैदेशिक रोजगारमा जानु भनेकै देशमा रोजगारीको अवसर नहुनु नै रहेको बताए। उनका अनुसार कतिपय व्यक्ति देशमा रोजगार प्राप्त गर्दागर्दै अन्य कारणले विदेशिने गरेको बताए।
‘विदेशीनु धेरैका लागि बाध्यता हो। कतिपय नेपाली स्वदेशमा नै राम्रो कमाइ हुँदाहुँदै पनि विदेशीएको अवस्था छ। सामाजिक सुरक्षादेखि आर्थिक सुनिश्चिताका लागि पनि मान्छेहरू जोखिम लिएर विदेशिएका छन्’, उनले भने।
अर्को तर्फ राज्य श्रमका लागि विभिन्न मुलुकमा सम्झौता गरिरहँदा पनि नेपाली युवाका लागि अवसर बनेको उनले बताए। ‘अब ग्लोबल भिलेजका कुरा आइरहेका छन्। मान्छे एक स्थानबाट अर्को स्थानमा अवसरको खोजीमा निस्किन्छ। कोही केही आर्थिक उपार्जन गरेर स्वदेश फर्किएर यहाँ नै व्यवसाय सञ्चालन गरिरहनु भएको छ’, उनले भने।
समाजशास्त्री रमेश प्रसाईले मुलुकमा पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु युवाहरूका लागि विदेशिनु पर्ने बाध्यता बनेको बताउँछन्।
‘राजनीतिक अवस्था र देशमा बढ्दो संक्रमणले युवाहरूको जीवनस्तर सुध्रन नसकेपछि युवाहरू विदेशिदैँछन्’, उनले भने, ‘देशको समृद्धिमा मेरूदण्ड मानिने युवा जनशक्तिको अभावले नकारात्मक असर पर्ने निश्चित छ।‘
विभागले विभिन्न क्याटागोरीमा श्रम स्विकृति दिने गरेको छ। जसमा हाइ स्किल, प्रोफेसनल, सेमी स्किल्ड, स्किल्ड र अनस्किल्ड रहेका छन्। तर ज्यादाजसो अदक्ष कामदार नै बढी रहेको सूचना अधिकारी सुवेदीले बताए।
‘धेरै जसो नेपालीहरू लेवर काममा नै विदेशिएको तथ्यांकले देखाउँछ। केही नेपाली यतै सिप सिकेर गएको पनि देखिन्छ’, उनले भने, ‘तर ज्यादातर नेपाली कम ज्यालादारीमा नै विश्वबजारमा श्रम बेचिरहेका छन्।
समाजशास्त्री प्रसाईंले विश्व बजारमा कामका लागि जाने नेपालीलाई क्षमतावान बनाउन पनि सरकार त्यति धेरै गम्भीर नदेखिएको बताए। ‘भाषा र सिप सिकेर जाने प्रवृत्ति अचेल बढेको छ। विशेष गरेर कोरिया जापान तथा युरोपिनय मुलुकमा। तर यहाँ भन्दा धेरै व्यक्ति खाडी पुगेका छन्। उनीहरूलाई सिप सिकाएर पठाउन सके उनीहरूलाई केही सहज हुन्थ्यो’, उनले भने।
बसाइँसराइ होस् या श्रमको बिक्री कतिपय हकमा व्यक्तिगत इच्छाको कुरा रहे पनि उनीहरूलाई रोक्न राज्यले कदम चाल्नुपर्ने उनले बताए। ‘राज्यले लगानीको वातावरण निर्माण गरिदिनुपर्छ। युवाको क्षमतालाई सम्मान गर्दै उनीहरूमा आशा भने जगाउने काम गर्नुपर्छ‚’ उनले भने। प्रसाईँले कुनै पनि व्यक्ति आफ्नो क्षमता विकास गर्न चाहन्छ र सदैव नयाँ नयाँ अवसरको खोजी गरिरहने भएकाले पलायन रोक्न कठिन हुने बताए। ‘तर अवसरको सिर्जनाले पलायनको आँकडालाई केही हदसम्म रोक्न सकिन्छ’, उनले भने।
X777gamelogin was pretty straightforward. Was able to get in quickly, and the interface is clean. Not too many frills, but that’s okay! Check out x777gamelogin and you might be surprised!
Downloaded the phwin777loginapp, and I’m pleasantly surprised! Easy to use and got a good selection of games to play on the go. Worth a download, gamers! phwin777loginapp
BetBoom Casino, not too familiar with them personally, but I’ve seen some ads. Seem to focus heavily on slots, which, hey, if you’re into that. I’d do a bit of research before throwing down a bunch of cash, just to be safe. Proceed with caution! Here’s their link tho’: betboomcasino