आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज दोस्रो खेल इटालीसँग खेल्दैछ। पहिलोपटक विश्वकप खेलिरहेको इटालीका लागि नेपाल बलियो प्रतिस्पर्धी मानिएको छ।
नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग खेल्दै महत्वपूर्ण अनुभव बटुलेको थियो। सोही अनुभवलाई आत्मसात् गर्दै अब इटालीविरुद्ध मैदानमा उत्रिँदैछ।
उता, इटालीले वार्मअप खेलमा यूएईलाई ११२ रनको फराकिलो अन्तरले पराजित गर्दै आत्मविश्वासका साथ नेपालसँग भिड्न तयारी गरेको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मात्र होइन, नेपाली क्रिकेट इतिहासमा अर्को सुनौलो अवसर पनि हो।
प्रतिक्रिया दिनुहोस