दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी नदी किनारमा चप्पल र मोबाइल भेटियो

News

काठमान्डौ,
२०८२/१२/०२

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई सन्तानसहित सम्पर्कविहीन भएकी छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपकसँगै आइतबार बिहानदेखि बेपत्ता भएकी हुन्।

श्रीमान् भूपेन्द्र कठायतले बेलुका प्रहरी चौकी गुमीमा जानकारी दिएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका छन्। खोजीका क्रममा घरबाट करिब तीन किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

हाल तीनैजनाको खोजीका लागि भेरी नदी आसपास क्षेत्रमा प्रहरी र स्थानीय परिचालन गरिएको छ।