थाहामा पहिलोपटक नगरस्तरीय क्रिकेट प्रतियोगिता, युवाहरूमा उत्साहको लहर

News

काठमाडौ ,२०८२ /१२/२०
थाहा नगरपालिका क्षेत्रमा पहिलोपटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा हुने यो प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ। सहभागी हुन थाहा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क ७,५०० रुपैयाँ तोकिएको छ। प्रत्येक टिममा १२ देखि १६ जना खेलाडी अनिवार्य हुनेछन्। खेल International Cricket Council (ICC) को नियमअनुसार सञ्चालन गरिनेछ, जहाँ प्रत्येक जितमा टिमले २ अंक प्राप्त गर्नेछ। सहभागी टिमको संख्या अनुसार प्रतियोगिताको ढाँचा तय गरिनेछ। प्रतियोगिताका विजेताले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन्। साथै ‘Player of the Tournament’, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ। थप जानकारी तथा दर्ताका लागि निरन थापा (९८०१०७१५८०), अमर बस्नेत (९८१६२५६८९२), गोविन्द थापा (९८१८६३१०२९) र दिनेश थापा (९८६१२२५८४२) मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। स्थानीय स्तरमा क्रिकेटको विकास र प्रतिभा उजागर गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यो प्रतियोगिताले थाहाका युवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।