समाचार

सिराहमा ३८ बोरा अवैध युरिया मल बरामद

nmb thumnail

लहान, असार २८ –

जिल्लामा रसायनिक मलको अभाव रहेका बेला भारतबाट अवैध रुपमा ल्याएर लुकाई–छिपाई राखेको ३८ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ ।

भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित जीवछ साहको घरमा गोदाम बनाएर बिक्री वितरणका लागि राखेको सूचनाका आधारमा प्रहरी टोलीले आज बिहान सो परिमाणको मल बरामद गरेको हो ।

बरियारपट्टी बजारस्थित साहको गोदामबाट मल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । मल बरियारपट्टी भन्सार कार्यालयलाई बुझाइएको र गोदाम सञ्चालकमाथि राजश्व छली तथा कलाबजारी ऐनअनुसार करवाही गरिने उनले जानकारी दिए ।

यस्तै प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा १५३ पोका गुट्खा सहित सिरहा नगरपालिका–२० निवासी २० वर्षीय शिवकुमार यादवलाई पनि पक्राउ गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस